अमेरिका – अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि त्रास फैलिएको छ । आइतवार सांझ मात्र यो भाइरसका कारण अर्का अमेरिकी नागरिकको निधन भएको छ ।
वासिंटनको किगं काउण्टीमा मै करिव ७० बर्षका व्यक्तिको कोराना भाइरसवाट निधन भएको हो । यही काउण्टीमा यस अघि अर्का एक जनाको पनि कोरोनाका कारण निधन भएको छ ।
न्युयोर्क लगायत अमेरिकाका विभिन्न शहरमा कोरोनाका संक्रमित देखिन थालेका छन् । टेक्सस लगायत विभिन्न राज्यमा पनि कयौंको स्वास्थ्य परिक्षण गरिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमण वढ्न थालेपनि उच्च सर्तकता अपनाईएको छ ।
चीनवाट फैलिएको उक्त भाइरस अहिले विश्वका ६० देशमा फैलिएको छ । युरोपका केही देश, खाडी मुलुक , दक्षिण कोरिया लगायतका देशमा कोरोना भाइरस फैलिएको छ ।
तस्बिर : सामाजिक संजाल
प्रतिक्रिया