मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० को मृत्यु

पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० को मृत्यु


सक्कुर । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या ३० पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
 
घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए । 
 
यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 
 
प्रहरी निरीक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र सहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो । सिन्हवा

शेयर गर्नुहोस:

0
Shares