हिमालयखवर संवाददाता
अमेरिका- क्यालिफोर्नियामा कोरोना भाइरसवाट संक्रमित महिलाको अवस्था गम्भिर भएको छ । अमेरिकी मिडिया सिएनएनले स्थानिय कांग्रेसम्यान जोन गारामेन्दीलाई उदृत गर्दै उक्त जानकारी दिएको हो ।
क्यालिफोर्नियाको सोलानो काउण्टीमा वस्ने उक्त महिला कोरोनावाट संक्रमित भएको पाईएपछि अस्तापलमा उपचारका लागि भर्ना गरिएको थियो । उनमा कसरी कोरोना भाइरस आयो यसले स्थानिय स्वास्थ्य अधिकारीहरुलाई समेत अचम्मित वनाएको छ । भाइरस प्रभावित क्षेत्रमा नपुगेकी ति महिलालाई कसरी संक्रमित भयो यो अनुसन्धान भईरहेको छ ।
क्यालिफोर्नियाले ती महिलालाई कोरोना भाइरस देखिएपछि विशेष सावधानी अपनाएको छ । ८ हजार ५ सयको ल्याव टेष्ट गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई अमेरिकामा फैलिन नदिन विशेष सर्तकता अपनाउने घोषणा गरेको केही पछि क्यालिफोर्नियामा संक्रमित महिला भेटिएकी थिईन् ।
अमेरिकामा अहिलेसम्म ६० जनालाई कोरोना भाइरसले आक्रमण गरेको छ । जसमध्ये अधिकांश जापानी तटमा रोकिएको डाइमण्ड पानी जहाजवाट उपचारका लागि ल्याईएका हुन् ।
कोरोना भाइरसवाट संक्रमितको संख्या दैनिक बृद्धि भईरहेको छ । करिव ५० देशमा संक्रमित भेटिएका छन् ।
विश्व स्वास्थ्य संगठनले सवै देशलाई कोरोना भाइरस फैलिन नदिन विशेष सतर्कता अपनाउन भनेको छ । नेपाल लगायत कयौं देश उच्च जोखिमको सूचीमा परेका छन् ।
कोरोना भाइरसको अर्को असर विश्व अर्थतन्त्रमा परेको छ ।
अमेरिका भारत, चीन, जापान, दक्षिण कोरिया, वेलायत लगायत विश्वका कयौं शेयर बजारमा गिरावट आएको छ । विश्व तेल बजारमा पनि माग कम हुदां मूल्य घटेको छ । कोरोना भाइरस छिटो नियन्त्रण नभए विश्वभर आर्थिक मन्दी आउन सक्ने जोखिम बढेको छ ।
प्रतिक्रिया