मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन


कायरो । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मंगलबार निधन भएको छ । उनी ९१ वर्षका थिए ।
 
करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।
 
उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ ।
 
अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ ।” 
 
उनको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ । 
 
इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए । सन् २०११ जनवरी २५ मा उहाँलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares