मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : डोनाल्ड ट्रम्प

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : डोनाल्ड ट्रम्प


नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् । 
 
भारत भ्रमणमा रहेका ट्रम्पले मंगलबार गान्धीको समाधिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गान्धीको दृष्टिकोणप्रति अठोट व्यक्त गरेका हुन् । 
 
समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेलेका छन्, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टिकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईंप्रति श्रद्धा सुमन छ ।” 
महात्मा गान्धीलाई श्रद्धाञ्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्प पत्नी मेलानीया ट्रम्प पनि राजघाट गएका थिए । 
 
त्यहाँ रहँदा उनीहरुले एक मिनेट मौन धारण गरेका थिए । सो अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहारस्वरुप प्रदान गरेका थिए । 
 
राजघाटमा राष्ट्रपति ट्रम्प दम्पतीले वृक्षरोपण पनि गरेका थिए । दुईदिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए । 
 
रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए । आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
 
ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् । एएनआई