मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण

इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण


तेहरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । 
 
इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मंगलबार बताएका छन् । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।
 
स्वास्थ्यमन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्यमन्त्री हरिर्चीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।” 
 
वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटकपटक खोकेका थिए भने पसिना बगाएको प्रष्ट देख्न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू गरिएको छ । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares