मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा भएको झडपमा सात जनाको मृत्यु

भारतमा भएको झडपमा सात जनाको मृत्यु


नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ ।
 
नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ । 
 
केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घन्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । 
 
उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मंगलबार पनि जारी छ । 
 
ढुङ्गामुढा गरिरहेको भीडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो । एएनआई