चितवन । आफैँले जन्माएको छोराबाट आमा बलात्कृत भएको घटना पत्याउन गाह्रो हुन्छ । तर, यही घटना चितवनमा भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–२७ मा गत फागुन १० गते राति ७० वर्षीया एक आमा आफ्नै छोराबाट बलात्कृत भएकी छन् । प्रहरीमा छोराले नै बलात्कार ग¥यो भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।
ती महिलाले जीवनमै नसोचेको घटना भोग्न प¥यो । सुतिरहेको अवस्थामा आफ्नै २८ वर्षीय छोराले बलात्कार गरेपछि घटनालगत्तै उनले छरछिमेक र आफन्तलाई हारगुहार गरेकी थिइन् ।
उनले फागुन ११ गते नै जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा आई छोराविरूद्ध बलात्कार गरेको आरोपमा उजुरी दिएकी हुन् ।
रातको समयमा घरमा अन्य व्यक्तिहरु नभएको अवस्थामा छोराले बलात्कार गरेको भनी उजुरी दिएपछि आरोपित छोरालाई फागुन ११ गते नै पक्राउ गरी मुद्दा चलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
पीडितको फागुन ११ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । छोराको आनीबानी ठीक नभएको स्थानीयवासी बताउँछन् । आमा भेट्न माइत आएकी छोरीसमेत दाजुसँगको डरले सो रात अर्कै बहिनीको घरमा गई सुतेको परिवारजनले प्रहरीलाई जानकारी गराएको छ ।
हाडनाता करणीअन्तर्गत पर्ने बलात्कारको यस्तो प्रकृतिको घटना पहिलो भने होइन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बाबुद्वारा छोरी बलात्कार भएका केही घटना प्रहरीमा आउने गरे पनि आफ्नै छोराबाट आमा बलात्कारको घटना भने पहिलोचोटि सार्वजनिक भएको हो ।








प्रतिक्रिया