मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इरानमा पनि कोरोनाभाइरसबाट पाँच जनाको मृत्यु, चीनमा २३४५ को मृत्यु भएको पुष्टि

इरानमा पनि कोरोनाभाइरसबाट पाँच जनाको मृत्यु, चीनमा २३४५ को मृत्यु भएको पुष्टि


तेहरान । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 
 
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । 
 
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए । 
 
दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या दोब्बर
 
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् । 
 
शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
 
स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन्  अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।
 
अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ ।  डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।
 
यसैबीच, चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् । 
 
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ । 
 
डब्ल्यूएचओडब्लुएचओद्वारा चासो व्यक्त
 
कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।
 
संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । 
 
यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर“कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,” टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने । 
 
चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ । 
 
डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताएका छन् । एपी/एएफपी