मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकन आइडलमा छानिए नेपाली युवा

अमेरिकन आइडलमा छानिए नेपाली युवा


अमेरिका – अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। दिवेश (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।
 
उनले केही नेपाली गीत समेत गाएका छन्। उनले गाएका गीत युट्युवमा सुन्न सकिन्छ।
 
काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उनी अमेरिका लागेका थिए । २१ वर्षीय दिवेशले अंग्रेजीमा आफ्नो परिचय दिँदै गर्दा लोकप्रिय गायिका क्याटी पेरीले उनको नामको अर्थ सोधिन्। दिवेशले 'यसको अर्थ प्रकाश हो' भनेर जवाफ दिए। दिवेशको प्रस्तुतीबाट निकै मन्त्रमुग्ध भएकी उनले ‘स्टोरी टेलर’ स्वर रहेको र निकै उत्सुक भएको बताइन् ।
 
दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । 
 
दिवेश अर्थात् (अर्थर गन) को प्रस्तुतीबाट प्रभावित निर्णायक केटी पेरी, लियोनल रिची र लुक ब्रायनले आँखा खोलेर निर्णायकलाई हेरेर अर्को गीत गाउन लगाएका थिए I
 
अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका एक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ I
तस्बिर :सामाजिक संजाल 
 
 

शेयर गर्नुहोस:

0
Shares