मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६३६ पुग्यो, एकैदिन ७३ जनाको मृत्यु

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६३६ पुग्यो, एकैदिन ७३ जनाको मृत्यु


चीन । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन ७३ जनाको मृत्यु भएको छ । त्यसमध्ये ६९ जनाको मृत्यु हुबेइ प्रान्तमा भएको हो । चिनिया स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । 
 
बिहीबार रातसम्म थप ३ हजार १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गरिँदैछ । चीनमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार १ सय ६१ नाघिसकको छ । 
 
अहिलेसम्म २५ वटा देशमा कोरोना भाइरस देखिएको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक/एक जनाको ज्यानसमेत गएको समाचार एजेन्सीहरुले जनाएका छन् । 
 
चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस चीनको करिब २४ प्रान्तमा फैलिएको पुष्टि भएको छ ।
 
बिहीबार एसियाली समुद्रको यात्रामा रहेका दुर्ई पानीजहाजमा हजारौँ व्यक्ति घन्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ । 
 
यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेइ प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको सुरुमा नै एक हजार शैय्या भएको अस्पताल बनाइसकेको छ । 
 
विश्व स्वास्थ्य संगठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको छ ।
 
चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त संगठनले जनाएको छ ।
 
चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समुदायले विश्वास व्यक्त गर्दै आएका छन् । सिन्हवा

शेयर गर्नुहोस:

0
Shares