मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतद्वारा चीनको उहानबाट ६४० नागरिकको उद्धार

भारतद्वारा चीनको उहानबाट ६४० नागरिकको उद्धार


भारत । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । 
 
उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।   
 
चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ ।  
 
“हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,” मन्त्रालयका प्रवक्ता राविस कुमारले भने । 
 
उनीहरुलाई दुई उडानमार्फत् भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए ।  
 
पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार उद्धार गरिएकाहरुमध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन । 
 
उनले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताए । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उनले जानकारी दिए ।
 
भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाइ छ ।  
 
उनले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा सम्बन्धित अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गरेका छन् । 
 
चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ६३६ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौँ सङ्क्रमित भएका छन् । एएनआई

शेयर गर्नुहोस:

0
Shares