मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सिपिएलको उपाधिका लागि राप्ती र सौराहा भिड्ने

सिपिएलको उपाधिका लागि राप्ती र सौराहा भिड्ने


चितवन । प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल)को उपाधिका लागि सौराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । बिहीबार सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाजमाथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
 
क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्तिम ओभरमा जीतका लागि १ रन आवश्यक थियो । अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जीत सुनिश्चित गरे । त्यसअघि राजेश ढकालले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै आकाश चन्द ११ तथा प्रशान्त महत ९ रनमा पेभिलियन फर्किए । कसिलो बलिङ गरे पनि कमजोर फिल्डिङ भरतपुरको लागि महँगो साबित भयो ।   
 
भरतपुरका चन्दन ठाकुरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि हात टार्न सकेनन् । उनले ४ ओभरमा १६ रन खर्चिए । यस्तै कप्तान संघर्ष पौडेलले २ विकेट तथा प्रतिश जिसीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भरतपुर १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । सौराहाका बलरसामु भरतपुरका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । भरतपुरका लागि विवेककुमार गुप्ताले २३ रन बनाए । 
 
उनले २२ बलमा ४ चौका प्रहार गरे । ओपनर निशव तिमिल्सिनाले ४३ बलमा २० रन बनाए । यस्तै आशिष लम्साल १५ रनमा पेभिलियन फर्किए । मात्र ६ बल खेलेका लम्सालले १ चौका र १ छक्का प्रहार गरे । सौराहाका सुवर्ण भट्टले ३ विकेट लिए । लेग स्पीनर भट्टले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अनुज चनरा र विवेक पराजुलीले समान २÷२ विकेट लिए । खेलको म्यान अफ दी म्याच सौराहाका लेग स्पीनर सुवर्ण भट्ट घोषित भए । 
 
प्रतियोगिताको फाइनल खेल शुक्रबार ११ बजे सुरू हुने आयोजकले जनाएको छ । लिगमा लगातार ४ खेलमा जीत हात पारेको राप्ती समूह शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरिसकेको छ ।