हिमालयखवर संवाददाता
अमेरिका- डेमोक्र्याट पार्टीको आउने राष्ट्रपति निर्वाचनमा उम्मेदवार छान्न आयोवा राज्यमा भएको आन्तरिक प्रतिस्पर्धा प्राइमरीमा पिट बटीईजीजले अग्रता पाएका छन्
उक्त ककसको ८६ प्रतिशत मतगणना सार्वजनिक हुदां बटीईजीजले २६ दशमलव ७ प्रतिशत समर्थन प्राप्त गरेका छन् । दोस्रो स्थानमा बर्नी सेन्डर्स छन् । उनले २५ दशमलव ४ प्रतिशत समर्थन पाएका छन् । त्यसपछि एलिजावेथ वारेन र जो वाइडेनले समर्थन पाएका छन् ।
प्राविधिक समस्याका कारण डेमोक्र्याट पार्टी आयोवा प्राइमरीको रिजल्ट आउन ढिलाई भएको छ । मतदानमा प्रयोग गरिएको कम्प्यूटर प्रणालीमा समस्या आएकाले ढिलाई भएको वताईएको छ । कोलोराडोको आईटी कम्पनीले उक्त सफ्टवेयर वनाएको थियो ।
आयोवा पहिलो प्राइमरी हो । यहीवाट राष्ट्रपति चुनावमा उम्मेदवार छान्ने प्रकृया शुरु हुन्छ । यो आउने केही साता चलिरहन्छ । प्राइमरीमा जुन उम्मेदवारले वढी समर्थन जुटाउंछन ती नै पार्टीको आधिकारीक उम्मेदवार हुन्छन् ।
रिपव्लिकनको आयोवा प्राइमरीमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सजिलै अग्रता हासिल गरेका छन् ।
साउथ बेण्ड इण्डियानामा सन् १९८२ जनवरी १९ मा जन्मिएका बटीईजीज पुर्व मेयर हुन् । विश्वकै प्रख्यात हवार्ड र अक्स्फोर्डमा पढेका उनी समलिंगी हुन् । बटीईजीजले राष्ट्रपति जितेमा उक्त पदमा पुग्ने उनी सवैभन्दा कान्छो व्यक्ति हुने छन् । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया