मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

क्रिकेट रंगशाला निर्माणार्थ सञ्चालित महायज्ञमा साढे ६६ लाख रकम संकलन

क्रिकेट रंगशाला निर्माणार्थ सञ्चालित महायज्ञमा साढे ६६ लाख रकम संकलन


चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्यान्चल महोत्सवमा साढे ६६ लाखभन्दा बढी रकम संकलन भएको छ । आइतबारबाट सुरु भएको धनधान्याचल महोत्सवको दोस्रो दिन आज सोमबार ६६ लाख ५६ हजार १ सय ५७ रुपैयाँ संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
 
महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साइन्सेसका प्राडा भी नटराज प्रसादबाट रु २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिए । यस्तै भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको उनले बताए ।
 
आज नै मुल आयोजक समितिका महासचिवसमेत रहेका भरतपुर १२ निवासी दिनेशकुमार र सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको उनले बताए । यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौँका चन्द्र खड्की र रवीन्द्र कसजुबाट समान ५(५ लाख प्राप्त भएको छ ।
 
एनआरएन जापानबाट ३ लाख, होटल व्यवसायी संघ एवं होटल गंगोत्रीबाट रु १ लाख ११ हजार १११, कृष्ण घिमिरेबाट १ लाख २ हजार ६ सय, भरतपुर ९ का नेत्रप्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशिल आमा समूहबाट रु ३० हजार ३३५ प्राप्त भएको छ । यस्तै आज भरतपुर २४ धुर्बकी ९४ वर्षीया खिलाकुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
 
यसैबीच रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्यान्चल परिसरको १० किलोमिटर वरपर निःशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले जानकारी दिए । 
 
यस्तै चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनहरुलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले जानकारी दिइन् ।
 
यस्तै आज चर्चित लोकदोहोरी गायक पशुपति शर्माले संगीतिक प्रस्तुतिसमेत दिएका थिए । ५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवाचन गरिरहेका छन् ।
 
२६ गतेसम्म चल्ने महोत्सवमा आज भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । मंगलबारबाट भक्तजनहरुको उपस्थिति र आर्थिक संकलन पनि बढ्ने आयोजकले जनाएको छ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

शेयर गर्नुहोस:

0
Shares