मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष जीवा ल्हो (मुसा वर्ग ) २८५६ सोनाम ल्होछार सम्पन्न

तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष जीवा ल्हो (मुसा वर्ग ) २८५६ सोनाम ल्होछार सम्पन्न


न्युयोर्क (अमेरिका)-  तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष जीवा ल्हो (मुसा वर्ग ) २८५६ सोनाम ल्होछार  शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई ज्यु को प्रमुख आतिथ्यमा न्यूयोर्कमा सम्पन्न भएको छ।
 
करिब दिउसो ३ बजे देखि पुजापाठ तथा ल्होछारको शुभकामना आदानप्रदान शुरु गरेर वेलुकी ७ बजे देखि औपचारिक कार्यक्रम र त्यसपछि नाँचगान जस्ता विविध कार्यक्रमहरु गरेर २८५६ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको हो ।
 
उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय अध्यक्ष लक्यान लामा, जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एनआरएनए एनसिसि अमेरिका का उपाध्यक्ष बाबुराम लामा, Queens Boro President, Brooklyn Boro President, District Senator Jesica Ramos, Queens Boro President का उम्मेदवार Elizabeth Crowley, Visit Nepal 2020 का सदस्य सचिव बच्चु श्रेष्ठ विशिष्ट व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।
 
अमेरिकामा रहेका अमेरिकी लीडर देखि विभिन्न जातिय तथा सामाजिक संघ संस्थाहरुको अध्यक्ष एवं अगुवाहरुको बाक्लो सहभागिता रहेको “२८५६ सोनाम ल्होछार” कार्यक्रमको औपचारिक कार्यक्रम तामाङ सोसाईटी अफ अमेरिकाका सदस्य- सचिव दीपेन्द्र लामाले संचालन गर्नु भएको थियो । 
 
कार्यक्रममा बक्ताहरुले सोनाम ल्होछारको औंचित्य, संरक्षण, सम्बर्द्धन, महत्व र सोनाम ल्होछार जीवा ल्हो (मुसा वर्ग) को शुभकामना का अलवा तामाङ जातिको इतिहास अनि प्रथा परम्पराहरुको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्य दिने क्रममा तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय अध्यक्ष लक्यान लामा ले तामाङ जाति ल्होछारमा रमाउने मात्र हैन अव नेपालमा पहिचानको आन्दोलन हुन लागेको र त्यो आन्दोलनमा होमिनु पर्ने तर्क राख्नु हुदै अमेरिकी वासी तामाङ समुदायलाई सहयोगका लागि अपिल गर्नु हुदै नेपालको त्यो आन्दोलनमा संस्थागत रुपमा नै एक्यबद्धता जेहेर गर्नु भएको थियो । हिजो सम्म हामीले न्यायोचित र संविधान सम्मत तरिकाबाट अनुरोध गर्यौ तर त्यसरी भएन अब हामी माग्ने हैन दिन बाध्य पार्छौ त्यसैले सबैमाझ अपिल गर्छौ यो आन्दोलनमा अमेरिकी वासी तामाङ समुदायको विशेष भुमिका हुने हुदा सबैको साथको अनुरोध राखे ।
 
त्यसै गरेर जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ ले पनि तामाङ जातिको बलिदानको राज्यले उपाहास गरेको हुदा अव राज्य र राजनीतिक दलहरुले तामाङ समुदायबाट क्षति व्यहोर्नु पर्ने तर्क राखे । नर्थ अमेरिका तामाङ का अध्यक्ष र जनजाति अध्यक्षले जाति, जनजाति, पहिचान र नेपालको वास्तविक स्थितिको बारेमा चर्को भाषण बाजी गर्नु भएको थियो भने प्रमुख अतिथिको मर्यादाबाट अमृत राई ज्यु ले अति नरम तरिकाबाट सभालाई संबोधन गर्नु हुदै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग दिन समुदायलाई जहिल्यै राज्य तयार हुनु पर्ने र दिन तत्पर रहेको जाहेर गर्नु भएको थियो ।
 
कार्यक्रमको दोश्रो सत्रमा गायिका जिग्मे छ्योइकी घिसिङले गाउनु भएको”आम्माईले होई अम्माईले,डम्फु र टुङना” बोलको मौलिक गितमा रिया तामाङ,रिन्चेन योन्जन तामाङ,रेनाश्री लामा र दावा शेर्पाले भेषभुषामा अनौंपचारिक साँस्कृतिक कार्यक्रम (ओपनिङ डान्स )को नृत्य पहिलो कोशेलीस्वरुप दर्शकमाझ नृत्य प्रस्तुत गरेका थिए।
 
चर्चित अतिथि गायक कुन्साङ वाईवाले पनि आफ्नो प्रस्तुति गायनमार्फत राख्दा दर्शक दिर्घामा संगितमय बनेको थियो । त्यस्तै गरि “घोडाको लगाम ठोकेर” भन्ने गितको बोलमा पेमा योन्जन तामाङ र गिता राईले नृत्य गरेका थिए भने अमेरिकास्थित डिसिका गायक विनोद मोक्तानले पनि  गायनमार्फत दर्शक माझ गित प्रस्तुत गर्नु भएको थियो ।
 
डिजे एल.एस.को उत्साहजनक प्रस्तुतिले पनि उपस्थित माझ फरकखालको मनोरञ्जन दिलाएका थिए भने नृत्य गर्ने स्थानिय कलाकारका कोरोयोग्राफर धरमबिर लामा र विजय नर्कमीले अमेरिकामा रहेका साना- साना बालबालिकाहरुलाई नृत्य सम्बन्धि प्रशिक्षण,जानकारी दिलाएर साँगितिक फाँटको नृत्य क्षेत्रमा डान्समा कोरियोग्राफरतर्फ विशेष योगदान पुर्याउनु भएको सोनाम ल्होछार २८५६ औं जीवा ल्हो(मुसा वर्ग) कार्यक्रमकी संयोजक निमा गोले तामाङले तामाङपेजसँगको कुराकानीमा जनाउनु भएको छ ।
 
गत शनिबार माघशुक्ल प्रतिपदाका दिन अपरान्ह ३ बजेदेखि बिहान २ बजेसम्म संचालित साँस्कृतिक कार्यक्रममा वरिष्ठ गायक जयनन्द लामा,वरिष्ठ गायिका मीरा राणाले गाउनु भएको गित “हेर्दामा राम्रो”भन्ने बोलमा कलाकारहरु रोज ङ्याङजो र चाँदनी योन्जनले गर्नु भएको नृत्यले ल्होछारको माहोल अति रमणिय,दर्शक दिर्घामा रहनु भएका विशिष्ट व्यक्तित्वहरुसमेत नाँचेर साथ दिएका थिए भने चर्चित गायिका मिग्स लामाको “डम्फुमा सेलो” गितमा कलाकारहरु रिन्चेन योन्ज तामाङ र प्रिया खड्काको युगल जोडिको आफै कोरियोग्राफर गरेर गरेको नृत्यले पनि उपस्थित जनमानसमा उत्साहजनक रौनकता छाएका थिए।
 
तामाङ सोसाईटी अफ अमेरिकाले आयोजना गरेको सोनाम ल्होछार विविध विशेष कार्यक्रमको अनौपचारिक साँस्कृतिक कार्यक्रमको प्रस्तोता रोज ङेसुर तामाङ र आरुसा मोक्तान तामाङले संचालन गरेका थिए । अमेरिकामा जन्मेका बालबालिकाहरु रिचा तामाङ,अमिस लामा,आर्चेन तामाङ,विमर्श तामाङ,डिलेन तामाङ,जेसोन तामाङ,कुन्साङ गोले,अमिशा तामाङ,विशेषता जस्मिन शेर्पा,परिसा रुम्बा,निना तामाङको सामुहिक “तामाङ सेलो नाँच्यो मैच्याङ” भन्ने गितमा नृत्य गरेको थियो ।
 
साँगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्नेक्रममा “हातैमा डम्फु बजाउँदै”भन्ने गितको बोलमा गणेश ग्लान,भीमबहादुर तामाङ,आरुसा मोक्तान,रेणु मोक्तानले नृत्य प्रस्तुत गरेका थिए। अमेरिकाको न्यूयोर्क लगायत विभिन्न स्थानबाट तामाङ तथा गैर तामाङ सरोकारवालाहरुको व्यापक सहभागिता रहेको सो कार्यक्रम तामाङ सोसाईटी अफ अमेरिकाकी अध्यक्ष गोमा योन्जनको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।
 

शेयर गर्नुहोस:

0
Shares