मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यालिफोर्निया सन्फ्रान्सिसकोमा सोनाम ल्होछार साँझ भब्यताका साथ सम्पन्न

क्यालिफोर्निया सन्फ्रान्सिसकोमा सोनाम ल्होछार साँझ भब्यताका साथ सम्पन्न


तामाङ को-अपरेसन सोसाइेटी अफ क्यलिफोर्नियाले २८५६ औ सोनाम ल्होछार (जिवा ल्हो) कार्यक्रम भब्यताका साथ गरेको छ सस्थाका अध्यक्ष प्रेम लामाको सभापतित्वमा र अन्तरराष्ट्रिय  तामाङ परिषदका उपाध्यक्ष कुमार दोङ्को प्रमुख आतित्थ्यमा भएको सोनाम ल्होछार कार्यक्रमको औपचारिक कार्यक्रम संस्थाका  महासचिब सुरज पख्रिनले सन्चालन गर्नु भएको थियो ।
 
करिब १००० भन्दा धेरै बे -एरियाबासी नेपालीहरुको उपस्थिती रहेको ल्होछर साझमा अमेरिकाका बिभिन्न अन्य राज्यहरुबाट र युके बाट समेत पनि पाहुनाहरु उपस्थित  भएको थियो ।
 
लामा गुरुहरुबाट शुरु गरिएको ल्होछार कार्यक्रममा केही बिसिस्ट ब्यक्तिहरुले शुभ-कामना  मन्त्यब्य राख्नु  भएको थीयो । संस्थाका सद्स्य अमृत घिसिङ ले सबै पाहुनाहरुलाई स्वागत गर्नु  भएको थियो भने   NANC  अध्यक्ष  तथा बिशेष अथिति ईश्वर सिटौलाले बे -एरियाका सम्पूर्ण संघ सस्थाको  तर्फबाट  ल्होछारको शुभकामना दिनु भएको थियो ।
 
नर्थ अमेरिका तामाङ सोसाइटीको तर्फबाट भने उपाध्यक्ष टेक वाइबा लामाले शुभकामना  मन्तव्य ब्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्यको क्रममा ग्रेटर  वासिङ्टन तामाङ समाजका अध्यक्ष उत्तर दोङले तामाङ्हरु अब ग्लोबलाइज् भैसकेको र यसको साथसाथै तमाङहरुको चाडपर्बहरु पनि ग्लोबलाइज् भएको बताउनु भयो । 
 
प्रमुख  अथिति कुमार दोङले  भने तामाङ्हरु सबै जाती धर्म भाषि सँग मिलेर बस्न रुचाउने जात भएको भन्दै आजको उपस्थितिले पनि  प्रमाण गरेको र यसमा आफु लगायत सबै तमाङहरुलाई खुशी महसूस भएको र भबिस्यमा पनि यसरी नै मिलेर बस्नु पर्छ भन्दै सबैलाई ल्होछारको  शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली डायस्पोराको बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ जना ब्यक्तित्वहरु जय तामाङ,रोज लामा,NRN क्यालिफोर्निया च्यापटरका  अध्यक्ष सुरेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो ।  
 
र नर्थ अमेरिका तामाङ् सोसाइटी को आकस्मिक कोष-२०१८ को निम्ति ५०० डलर सहयोग गर्ने founder सदस्यहरुलाई पनि अवार्ड प्रदान गर्दै सम्मान गरिएको थियो भने सम्पूर्ण उपस्थिति एंव साथ सहयोग गर्नुहुने सबै पक्षलाई संस्थाको तर्फबाट विशेष धन्यवादका साथ औपचारिक कार्यक्रमका समापन अध्यक्ष प्रेम लामाले गर्नुभएको थियो र दोस्रो चरणको सांस्कृतिक कार्यक्रम नर्थ अमेरिका तमाङ सोसाइटीका महासचिव डोल्मा लामा, कल्पना लामा र चर्चित अभिनेत्री पूजा चन्द लामाले  होस्ट गर्नुभएको थियो । कार्यक्रम अत्यन्तै मनोरंजनात्मक भएको थियो ।  विशेष गरि सांस्कृतिक प्रस्तुतिहरु माँ तमाङ सेलो, नेपाली गितहरु मा रहेको थियो र चर्चित अभिनेत्री पूजा चन्द लामाले पनि आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।
 
स्थानिय  थुप्रै कलाकारहरु लगायत Silent monk Band,Bikalpa  foundation र अन्त्यमा राजु लामा (Angels  Band )ले  हलमा खचाखच दर्शकलाई आफ्नो प्रस्तुति मा नचाएका थिए।
 
अत्यन्तै राम्रो ब्यबस्थापनका साथमा सोनाम ल्होछार मनाउन पाएकोमा उपस्थितिहरु रमाउदै राम्रो ब्यबस्थापन गरेकोमा तारिफ समेत गरिरहेका सुनिन्थे साथै नेपालको हिमाली भेग दोलखामा परिरहेको हिमपात तथा चिसोको  कारण परिरहेको असरलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा अध्ययनरत तामाङ समुदायमा बसोबास गर्ने १०० जना बालबालिकाहरुलाई  केहि न्यानो लताकपडा प्रदान गर्नको निम्ति तामाङ को-अपरेसन सोसाइेटी  अफ क्यलिफोर्नियाले  २८५६ औ सोनाम ल्होछारको अवसरमा एक हज़ार अमेरिकी डलर सहयोग समेत गरेका छन् ।  फ्याफुल्ला ।

शेयर गर्नुहोस:

0
Shares