मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालसमा मनाइयो पृथ्बी जयन्ती

ड्यालसमा मनाइयो पृथ्बी जयन्ती


ड्यालस (टेक्सस) – टेक्ससमा एक वर्ष अघि स्थापना भएको पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानले आइतबार पृथ्वी जयन्ती कार्यक्रम मनाएको छ ।
 
नेपालका राष्ट्रनिर्माता तत्कालिन बडामहाराजधिराज पृथ्बीनारायण शाहको २९८ औँ जन्मोत्सवलाई प्रवासमा रहेका नेपालीहरुले पनि राष्ट्रिय एकता दीवसका रुपमा मनाएका हुन् । ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरका आयोजित कार्यक्रममा वक्तहरुले पृथ्बीनारायण शाहको योगदानलाई जुनसुकै शासन व्यबस्था आएपनि भुल्न नहुने धारणा राखे । 
 
प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, महासचिव भक्त भण्डारी, समाजसेवी बासु भण्डारी, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, साहित्यकार शशी भट्टराई, राजसभाका पूर्ब सदस्य मतिराज भुसाल लगायतले पृथ्बीनारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए । 
 
प्रष्ठिानका सचिव प्रदीप तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा संस्थाको वेवसाइट पनि सार्वजनिक गरिएको थियो । वेवसाइटका डिजाइनर इन्जिनियर विजयराज भट्टराईले वेवसाइटका बारेमा प्रकाश पारेका थिए ।

शेयर गर्नुहोस:

0
Shares