मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्यूयोर्कमा छोरा स्कुल पुर्याउंदै गर्दा नेपाली परिवार दुर्घटनामा एकको मृत्यु

न्यूयोर्कमा छोरा स्कुल पुर्याउंदै गर्दा नेपाली परिवार दुर्घटनामा एकको मृत्यु


अमेरिका – न्युर्योकको कोरोना कुईन्समा फोहर फाल्ने ट्रकले ठक्कर दिदां स्कुल हिड्दै गरेका दुई जना नेपाली दुघर्टनामा परेका छन् । जस मध्ये एक जना बालकको मृत्यु भएको छ । दुर्धटनामा पर्नेमा करिव १० बर्षका बालक र करिब ४० बर्षकी आमा हुन् । दुघर्टनामा परेका बालकको अस्पतालमा मृत्यु भएको हो । आमाको उपचार भईरहेको छ । उनको अवस्था पनि गम्भिर छ ।
 
आमाले विहान छोरालाई लिएर पैदल स्कुल पुर्याउंदै गर्दा यो दुर्धटना भएको थियो ।
 
मंगलवार विहान करिव ७ बजे तिर ५७ एभेन्यू नजिक ९७ स्ट्रिटमा उक्त दुर्धटना भएको थियो । दुर्धटना लगत्तै प्रहरी उद्धारका लागि पुगेका थिए । घाइतेलाई अस्पताल पठाईएको थियो । ट्रक ड्र्राइभरपनि घटनास्थलमै थिए । उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 
न्युयोर्कको कुईन्समा नेपाली समुदायको बाक्लो बस्ती रहेको क्ष्ँेत्र हो । न्यूयोर्कका संजय थापाका अनुसार दुधंटनामा पर्नेमा पुरुपोत्तम पन्थीका परिवार छोरा र श्रीमती हुन् । यो दुर्घटनाले नेपाली समुदाय स्तव्ध भएको छ । तस्बिर : सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares