हिमालयखवर संवाददाता-
अमेरिका। ईरानी जनरल कासिम सुलेमानी गत साता अमेरिकी आक्रमणमा मारिएपछि अमेरिका इरान विच तनाव बढीरहेको छ । यो तनावले अमेरिका भित्र र वाहिर विश्वभर अव के हुन्छ भन्ने त्रास छाएको छ । फ्रान्स, जर्मनी, बेलायत लगायतका देशले इरानलाई संयमित हुन अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंगले पनि यो तनाव प्रति चिन्ता व्यक्त गरेको छ । छिमेकी देश भारतले विकसित घटनाक्रमलाई नजिकवाट हेरिरहेको जनाएको छ ।
यो तनावले तेल, सुन बजारमा असर पारिसेकेको छ । तेल र सुन दुवैको मूल्य वृद्धि भएको छ । सुनको मूल्य त सात बर्ष यताकै सवैभन्दा उचाईमा पुगेको छ । यो तनाव मथ्थर भएन भने यो अरु वढ्न सक्छ । यसले कतै अमेरिकी अर्थतन्त्रलाई मन्दी तर्फ लैजान्छ कि भन्ने त्रास पनि छ ।
यो तनावका विच अमेरिका भित्र आम नागरिकमा पनि कुनै अप्रिय समाचार सुन्न नपरोस भन्ने छ । तर, अमेरिका र इरान एक अर्कोलाई लगातार धम्कीको भाषामा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसंग परमाणु हतियार कहिलै पनि नभएको वताएका छन् । यसको प्रतिउत्तरमा ईरानका राष्ट्रपति हसन रुहानीले ईरानलाई कमजोर ठानी कुनै धम्की नदिन चेतावनी दिएका छन् ।
यो आरोप प्रत्यारोप इरानले सन् २०१५ मा अमेरिका इरान विच परमाणु हतियार नवनाउने सम्झौता केही दिन अघि खारेज गरेपछि आएको हो । यस अघि राष्ट्रपति ट्रम्पले इरानले अमेरिका र अमेरिकी माथि हमला गरे उसका ५२ वटा महत्वपुर्ण स्थान ध्वस्त वनाईदिने केही दिन अघि चेवनी दिएका थिए ।
अमेरिकीले आधुनिक हतियारयुक्त ड्रोन प्रयोग गरेर इराकको बगदाद विमानस्थलमा इरानी जनरल सुलेमानीको हत्या गरेको थियो । सुलेमानी इरान इराक युद्धका लागि गठन भएको इरानी सैन्य दस्ताका जनरल थिए । इरान वाहिर हुने सैन्य अभियानमा यो सैन्य दस्ता प्रयोग हुदैं आएको थियो । सुलेमानीले केही मौकामा अमेरिकालाई सहयोग पनि गरेका थिए । तर, पछिल्लो समयमा अमेरिकासंग उनको सम्वन्ध राम्रो थिएन । सुलेमानी इराक भित्र शक्तिशाली थिए । उनको त्यसको सत्तामा राम्रो पकड थियो ।
नेपाल लगायत दक्षिण एशियामा प्रभाव इरान अमेरिकाको तनावले नेपाल लगायत दक्षिण एशियाली देशको अर्थतन्त्रमा प्रभाव पार्छ । खाडी क्ष्ँेत्रमा नेपाल, भारत लगातय दक्षिण एशियाली मुलुकका लाखौं युवा रोजगारीमा छन् । खाडीमा तनावले त्यहां रोजगारी पाईरहेका नेपाल लगायत दक्षिण एशियाली देशका नागरिकलाई असर पार्न सक्छ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्वपुर्ण छ । खाडी मुलुकमा लाखौं नेपाली युवा काम गर्छन । रेमिट्यान्स अहिले घट्दो क्रममा छ । यो अझ घट्यो भने नेपालको अर्थतन्त्रमा समस्या आउने छ । खाडी तनावले भारतलाईपनि असर गर्छ । खाडी मुलुक र भारत विच ठुलो आर्थिक कारोवार हुने गर्छ । भारतको अर्थतन्त्र अहिलेनै मन्दीको अवस्थामा छ । खाडी तनावले यो मन्दीलाई थप गहिरो पार्न सक्छ । भारतमा अझ गहिरो आर्थिक मन्दी आयो भने नेपाललाई पनि असर पर्छ ।
भारतमा खाडीमा विद्यमान असर देखिन थालिसकेको छ । भारतीय रुपैंया अमेरिकी डलरसंग कमजोर भएको छ । भारुको असर नेपालमा पनि परेको छ । यही कारण प्रति अमेरिकी डलर करिव १ सय १५ रुपैंयाको हाराहारीमा पुगेको छ । नेपालमा सुन तोलाको ७० हजार नाघेको छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया