क्यालिफोर्निया (अमेरिका )- हरेक बर्ष झै तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले यस बर्ष आगामी जनवरी २५ तारिख शनिवारको दिन सोनाम ल्होछार मनाउनको लागि भव्य तैयारी भैरहेको छ ।
तामाङ समुदायहरुको महान पर्व सोनाम ल्होछार तथा नयाँ बर्षको अबसरमा भब्यताका साथ २०२० जनवरी २५ तारिख शनिबारका दिन 850 Judah St San Francisco मा बेलुकी ५ बजेदेखी शुरु हुने भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो भाषा,संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको र ज़िम्मेवारी पनि हो भन्ने महसुसका साथ तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामाले सम्पूर्ण सन्फ्रान्सिसको बे एरियाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दै चुल्हो सबै सामुदायिक सदस्यहरुलाई चुल्हो निम्तोको समेत आह्वान गरेका छन् ।
साथै यसै सन्दर्भमा सोनाम ल्होछारको अवसरमा संस्थाले हाल नेपालको हिमाली भेग दोलखामा परिरहेको हिमपात र हिउको चिसोले बालबालिकाहरुलाई परिरहेको प्रभाव तथा असरलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा अध्ययनरत तामाङ समुदायमा बसोबास गर्ने १०० जना बालबालिकाहरुलाई केहि न्यानो लताकपडा समेत प्रदान गरिने घोषणा समेत गरेका छन् ।
प्रतिक्रिया