मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ


काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।
 
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका हुन् । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ । 
 
अघिल्लो खेल चोटका कारण गुमाउनुभएका सन्दीपले आज चार ओभर बलिङ गर्दै २६ रन खर्चिए । उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए । 
 
आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेनन् । उनले सो ओभरमा १२ रन खर्चिए । तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो ।
 
उक्त ओभरमा उहाँले दुई विकेट लिँदै चार रन मात्र खर्चिए । उनले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काएका थिए । 
 
आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिए । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दैछ । 
 
सन्दीपको टोली मेलबर्न स्टार्सले आज टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो । 
 
एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
 
मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।

शेयर गर्नुहोस:

0
Shares