मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता जोशी

जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता जोशी


तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद् अर्जुनप्रसाद जोशीले जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । 
 
तनहुको ऋषिङ गाउँपालिका–७ कान्छे विद्युतीकरण जलविद्युत् आयोजनाको उद्घाटन गर्दै जोशीले नेपाली काँग्रेस जनताको सर्वोच्चता र नागरिक अधिकारको पक्षमा समर्पित रहँदै आएकाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
 
नेता जोशीले जनताहरू गाउँ छाडेर सहर बसाइ सर्ने लहर चलेको उल्लेख गर्दै सबैलाई गाउँमा बसौँ बसौँ बनाउन पनि आवश्यक विकासका पूर्वाधारहरू निर्माण गर्ने अभियानको नेतृत्व काँग्रेसले लिनुपर्ने बताए । 
 
उनले गाउँको भौतिक पूर्वाधार विकाससँगै आयआर्जनका कार्यक्रम सञ्चालन गरेर स्वरोजगारको वातावरण निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गरे । 
 
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका सबै वडामा बाटो, बिजुली, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा धेरै कामहरू भएको दाबी गर्दै पाँच वर्षको आफ्नो कार्यकाल ऋषिङवासीलाई सम्झन लायक बनाएर बिदा हुने प्रतिबद्धता व्यक्त गरे । 
 
कार्यक्रममा पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापालगायतले जनताका आवश्यकताप्रति जनप्रतिनिधि सदैव गम्भीर बन्नुपर्नेमा जोड दिए ।
 

शेयर गर्नुहोस:

0
Shares