मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाल अमेरिका एकता समाजको आठौ साधारण सभा सम्पन्न

नेपाल अमेरिका एकता समाजको आठौ साधारण सभा सम्पन्न


अमेरिका– नेपाल अमेरिका एकता समाजको विधानको धारा ५ को उपधारा ११ बमोजिम आठौ  वार्षिक साधारण सभा डिसेम्बर २९ तारिख २०१९का दिन  सम्पन्न भएको छ ।
 
यो वार्षिक साधारण सभा मार्फत प्रकाश चन्द्र घिमिरेको नेतृत्वमा २०२० देखी २०२२ सम्मको नयाँ कार्य समिति चयन गरिएको छ र नयाँ नेतृत्व लाई निबर्तमान अध्यक्ष चन्द्र शिवाकोटीले नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।
 
संस्थापक अध्यक्ष शान्तिराम ढकालको संयोजकत्वमा निर्वाचन समितिले निर्विरोध नयाँ कार्यसमिति चयन गरि घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत ऋिषी ढकाल लगायत आजीवन सदस्यहरु राजेन्द्र शिवाकोटी, बलराम थापा र मुकुन्द ढुगानाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिदै समुदायमा नयाँ ढंगले एकता क़ायम गरेर अगाडी बढौ भन्ने सन्देशमुलक मन्तव्य दिनुभएको थियो ।
 
अन्त्यमा कार्यक्रममा स्वागत मन्तव्य निबर्तमान उपाध्यक्ष नविन पोखरेलले गर्नुभएको थियो र सबैलाई धन्यवाद ज्ञापन गर्दै निबर्तमान अध्यक्ष शिवाकोटीले सभा विसर्जन गर्नुभएको थियो ।
 

शेयर गर्नुहोस:

27
Shares