मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्समा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लसएन्जल्समा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


लसएन्जलस (अमेरिका)- Society of American Nepalese Nurses (SANN) र Anekent community center का डा. Nitin  Shah ,Ritesh Parajuli को सहकार्यतामा डिसेम्बर १५ तारिख आइतबारको दिन लसएन्जल्समा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
 
आईतबार बिहान ९:०० बजेदेखी दिउसोको १:०० बजेसम्म लसएन्जल्स आसपास बसोबास गर्ने  १८० जना मानिसहरुले स्वास्थ्य परिक्षण गरिएको र निःशुल्क स्वास्थ्य परीक्षण साथै सि पि आर तालिम समेत सम्पन्न भएको थियो।
लसएन्जल्स वरिपरीका स्वास्थ्य कर्मीहरू साथै सम्पूर्ण सामुदायिक सदस्यहरू, पत्रकारहरू, स्वयंसेवक र विभिन्न सहयोगी व्यक्तित्वहरूको सक्रिय उपस्थितिमा उक्त शिविर अत्यन्तै प्रभावकारीमुलक ढंगले सम्पन्न भएको छ ।
 
लसएन्जल्सबासी नेपालीहरूको पशुपतिनाथ बुद्ध मन्दिरमा सम्पन्न यस निःशुल्क स्वास्थ्य परीक्षणमा सहयोग गर्ने संघ संस्था, सम्पूर्ण सामाजिक अभियान्तहरु साथै सम्पूर्ण सामुदायिक सदस्यहरूलाई पनि उक्त शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिनको निम्ति आउनुहुने सबैलाई  हार्दिक धन्यवाद दिदै यस शिविरमा  विशेष गरि General check up , दाँत तथा आँखा सम्बन्धि पनि सेवा प्रदान गरेको जानकारी SANN का अध्यक्ष टिका आङ्देम्बेले हिमालय खबरलाई बताएकी छिन् ।

शेयर गर्नुहोस:

0
Shares