मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

निःशुल्क स्वास्थ्य शिविर हुदै लसएन्जल्समा

निःशुल्क स्वास्थ्य शिविर हुदै लसएन्जल्समा


लसएन्जलस (अमेरिका)- Society of American Nepalese Nurses (SANN) र Anekent community center का डा. Nitin  Shah ,Ritesh Parajuli को सहकार्यतामा आगामी डिसेम्बर १५ तारिख आइतबारको दिन बिहान ९:०० बजेदेखी दिउसोको १:०० बजेसम्म लसएन्जल्समा बसोबास गर्ने  सबैमा  स्वास्थ्य सेवाको लागि  निःशुल्क स्वास्थ्य  परीक्षण साथै सि पि आर तालिम समेतआयोजना गरिएको छ 
 
लसएन्जल्स वरिपरीका स्वास्थ्य कर्मीहरू साथै सम्पूर्ण सामुदायिक सदस्यहरू, पत्रकारहरू ,स्वयंसेवक र विभिन्न सहयोगी व्यक्तित्वहरूलाई  उक्त शिविर अत्यन्तै प्रभावकारीमुलक ढंगले सम्पन्न गराउन अनुरोध गर्दै यस शिविरमा General check up, दाँत तथा आँखा सम्बन्धिको पनि शिक्षा दिने जानकारी SANN का अध्यक्ष टिका आङ्देम्बेले हिमालय खबरलाई बताएकी छिन् । 
 
लसएन्जल्सबासी नेपालीहरूको पशुपतिनाथ बुद्ध मन्दिरमा हुन गइरहेको यस निःशुल्क स्वास्थ्य परीक्षणमा सम्पूर्ण सामाजिक अभियान्तहरु साथै सम्पूर्ण सामुदायिक सदस्यहरूलाई पनि  उक्त शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिनको निम्ति सहभागि भईदिनुहुन र स्वस्थ रहन आह्वान समेत गरेका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares