मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

‘नेपाल खेल क्षेत्रमा दक्षिण एसियाको उदाउँदो शक्ति’

‘नेपाल खेल क्षेत्रमा दक्षिण एसियाको उदाउँदो शक्ति’


काठमाडौँ । खेलाडीले नेपाललाई दक्षिण एशियाको खेल क्षेत्रको उदाउँदो शक्ति ‘राइजिङ पावर’का रुपमा स्थापित गराएको सरकारले जनाएको छ । 
 
नेपालको उपलब्धिप्रति सबैले गर्व गर्नुपर्ने बताउँदै मन्त्री गोकुल बाँस्कोटाले भने, “खेल हुन्छ कि हुँदैन भनेर आशङ्का थियो, पटक–पटक मिति सरेको थियो, भूकम्पका कारण हामी पूर्वाधारको समस्यामा थियौँ, सरकारको अथक प्रयास, खेलाडीको उच्च मनोबल र व्यवस्थापनमा भएको जिम्मेवारी बोधले साग सम्भव भएको हो ।”
 
मन्त्री बाँस्कोटाले खेलाडीले पैसाका लागि नभई देशका लागि खेलेको बताउँदै सरकारले उनीहरुलाई कहिल्यै निरुत्साहन गर्नै कुरा सोच्न सक्दैन भने ।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी भएरै पनि खेलाडीको उत्साह जगाउन खेल आइप्याडमा प्रत्यक्ष हेरेको तथा भिडियो सन्देश पठाएर र भोलिपल्टै बोलाएर सम्मान गर्नु महत्वपूर्ण कुरा भएको बताए । 
 
प्रधानमन्त्रीले खेलाडीलाई पुरस्कार घोषणा गरेकै बेला केही छुटेको भए छलफल गरेर सबैलाई उत्साहित हुने वातावरण बनाउने प्रतिबद्धता जनाएकाले सबैको भावनामा उत्साह भरिने उनले विश्वास दिलाए । 
 
सभामुखको विषय संसद्को बिजनेश 
 
उनले सभामुखको कुरा संसद्को बिजनेश भएको उल्लेख गर्दै आगामी पुस ४ गते संसद् आह्वान भइसकेकाले उसले आफ्नो विधि र प्रक्रियाद्वारा सभामुखको नियुक्त गर्ने बताए । 
 
उनले क्षमता, अनुभव, कार्यदक्षतालगायत आधारमा सभामुखको निर्णय हुने उल्लेख गरे । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने नगर्ने भन्ने कुरा उनको निजी कुरा भएको बताउँदै बाँस्कोटाले भने, “कुनै पनि व्यक्तिलाई पार्टीले नै पदमा राखेकाले पार्टीको निर्णय नमान्ने भन्ने हुनै सक्दैन ।”  
 
समाजवादी युगको शुभारम्भ भएकाले न्यायसहितको समृद्धि ल्याउन विशेष कानून निर्माण गर्नुपर्ने बेला त्यसको नेतृत्व गर्न सक्ने सभामुख बन्ने उनले विश्वास व्यक्त गरे । 

शेयर गर्नुहोस:

0
Shares