हिमालयखवर संवाददाता
अमेरिका – न्यूजर्सीमा मंगलवार दिउसो भएको गोलीबारीमा ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी अधिकृत र एक अभियुक्त रहेको स्थानिय प्रहरीले जनाएको छ । ज्यान गुमाउने अन्य ४ जना भने सर्वसाधारण रहेको वताईएको छ ।
न्यूजर्सी सिटी भवनमा शुरु भएको यो गोलीवारी पछि त्यहांको स्टोरमा गएर टुगिंएको थियो । सिटी अफिसका केही कर्मचारीपनि गोली लागी घाइते भएका छन् । स्थानिय संचारमाध्यमका अनुसार गोली चलाउने व्यक्ति स्टोरमा पसेका थिए । पव्लिक सेफ्टी विभागले भने यो आतंककारी घटना नभएको जनाएको छ ।
सकृय बन्दुकधारीको सुचना पाएपछि त्यस स्थानमा व्यापक रुपमा प्रहरी पचिलान गरिएको थियो । स्थानिय विद्यालय र व्यवसायमा जावत जावत ठप्पपारिएको थियो । न्यूजर्सी न्यूयोर्क नजिकै छ । त्यहां नेपाली समुदायको पनि बाक्लो वस्ती रहेको छ । घटनाको पुर्ण विवरण भने आईसकेको छैन । प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।
न्यूयोर्क प्रहरी विभागलेपनि यस घटनाको नजिकवाट अध्ययन गरिरहेको जनाएको छ । तस्बिर: सामाजिक संजाल






प्रतिक्रिया