मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

धावक किरण सिंह बोगटीलाई स्वर्ण

धावक किरण सिंह बोगटीलाई स्वर्ण


काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । 
 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घन्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । 
 
सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते । उनले २ घन्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जिते । भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घन्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जिते । 
 
सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।
 
सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितिन् । उनले २ घन्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन् । उनले २ घन्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गरिन् ।
 
भारतकी ज्योति गावाटीले २ घन्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन् । 
 
एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारिन् । उनले १ मिनेट ५१,४४ सेकेन्डको समय खर्चिइन् । १ मिनेट ५०,५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारिन् । जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।