मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा

ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा


पोखरा । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।
 
आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो । टोलीले उपाधिका लागि आइतबार नेपाल भारतसँग भिड्ने छ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । 
 
आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ४१–१३ गोलअन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे । बङ्गलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बङ्गलादेश रजत पदक विजेता हो ।
 
पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा
 
साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ । भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनल पुगेको हो । आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले सर्वाधिक समान सात गोल गरे ।
 
दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो । मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे । आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ । त्यस्तै, कास्य पदकका लागि श्रीलङ्का र बङ्गलादेश खेल्नेछ । 
 
सागको ११औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो । जसमा ११औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो । १२औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो ।