मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सागअन्तर्गत करातेमा नेपाललाई १० स्वर्ण पदक

सागअन्तर्गत करातेमा नेपाललाई १० स्वर्ण पदक


काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा जारी तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् । 
 
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 
 
अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरेकी हुन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनलमा पुगेकी हुन् । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जितेको छ । यससँगै करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । 
 
यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । 
 
त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजीमुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेकी थिइन् । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदकविहीन भएको छैन ।