मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यालिफोर्नियाको मोटेलमा कामगर्दा भारतीय विद्यार्थीको गोली हानी हत्या

क्यालिफोर्नियाको मोटेलमा कामगर्दा भारतीय विद्यार्थीको गोली हानी हत्या


हिमालयखवर संवाददाता
अमेरिका- क्यालिफोर्नियाको सन्वर्नाडिनोमा अध्ययनरत एक भारतिय विद्यार्थीको विहिवार थ्यांकगिभिगं डेका दिन गोली हानी हत्या गरिएको छ । स्थानिय क्यालिर्फोनिया स्टेट युनिर्भिसिटीमा पढाई गरिरहेका भारतीय विद्यार्थी अभिषेक सुदेश भट्टको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
 
मृतक भट्ट स्थानिय मोटेलमा काम गरिरहेको वेला एक जना बन्दुकधारीले उनको हत्या गरेको हो । स्थानिय प्रहरीले गोली चलाउने संभावित अभियुक्त ४२ बर्षिय एरिक डेभनलाई पक्राउ गरेको छ ।
 
के कारणले ती अभियुक्तले गोली चलाए प्रहरीले यसवारेमा अध्ययन गरिरहेको छ । प्रहरीलाई विहिवार राती १०० बल्क साउथ इष्ट स्ट्रिटवाट १२ बजेर ३५ मिनेटमा आपतकालिन कल आएको थियो । प्रहरी त्यहा पुग्दा २५ बर्षिय अभिषेक मोटलको रिसेप्सनमा गोली लागेर लडिरहेका थिए । त्यही उनलाई मृत घोषणा गरिएको थियो ।
 
कम्प्यूटर साइन्समा मास्टर डिग्री गरिरहेका अभिषेक खाली समयमा मोटलमा काम गर्दै आएका थिए । जहां उनको मृत्यु भयो । भारतको मैसूरुका मृतक अभिषेकको अन्तिम संस्कार क्यालिफोर्नियामै हुने भएको छ ।तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares