मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ह्युस्टनका नेपाली विद्यार्थीहरुको मन लोभ्याउने साॅस्कृतिक प्रस्तुति

ह्युस्टनका नेपाली विद्यार्थीहरुको मन लोभ्याउने साॅस्कृतिक प्रस्तुति


हिमालयखबर संबाददादा- 
अमेरिका ।  सयौं अन्तराष्ट्रिय विद्यार्थीहरुकाबीचमा नेपाली भेषभूषा र संगीतको तालमा नाच्दै एक हुल केटा केटीहरु मन्चमा देखिएपछि प्रवासको सबै नेपाली मन ‘नोस्टाल्जिक’ नहुने कुरै भएन।  
 
टेक्ससको ह्युस्टन शहरमा रहेको यूनिभर्सिटी अफ ह्युस्टनको काउन्सिल फर कल्चरल एफेयर्स (सीसीए) को आयोजनामा हिजो बिहिवार साॅझ भएको ‘सांस्कृतिक धमाका’ (कल्चरल एक्सप्लोजन) नाम दिइएको बिविध सांस्कृतिक कार्यक्रममा नेपाली विद्यार्थीहरुको संगठन (नेप्लिज स्टुडेण्ट एशोसियसन-एनएसए) ले एक रोमान्चक नेपाली शैलीको नृत्य प्रस्तुति दिएर दर्शक, निर्णायक र आयोजक सबैको मन जितेको छ। पाॅचजना निर्णायकहरुको निर्णयबाट साॅस्कृतिक प्रस्तुतिमा सहभागी १२ समूह मध्ये नेपाली विद्यार्थीहरुको समूह दोश्रो भएर ट्रफी उचाल्दाको क्षण झनै रोमान्चक थियो। 
 
‘उद्घोषकले नेपाली समूहलाई उपबिजेता घोषणा गरेको सुन्दा खुसीको सीमा नै रहेन। तर, मन्च नजिकै पुग्न लाग्दा समेत कतै गलत उद्घोषण भएको त होइन भन्ने लागि रह्यो’, सास्कृतिक कला प्रस्तोता मध्येका एक विद्याबारिधी अध्ययनरत विद्यार्थी विकास पन्थी फर्स्ट रनर-अपको ट्रफीसंगै नेपाली विद्यार्थीहरुकाबीच खुसी बाॅडिरहेका थिए। 
 
यूनिभर्सिटी अफ ह्युस्टन (यूएच)मा रहेको नेपाली विद्यार्थीहरुको संगठन एनएसएका अध्यक्ष सुमित खड्का आफ्नो समूहको प्रस्तुतिले दोश्रो भएर पुरस्कार पाएकोमा निकै उत्साहित हुॅदै थिए। सामुहिक नृत्यमा सहभागी सबै साथीहरुको मिहेनतले ल्याएको त्यो नतिजाले खुसी नहुने कुरै छैन-खड्का हिमालय खबरलाई भन्दै थिए। यो यूएचमा नेपाली विद्यार्थीहरुले पाएको सबभन्दा ठूलो सम्मान पनि हो, उनको भनाइ थियो। ‘हजारौं अन्तराष्ट्रिय विद्यार्थीहरु भएको विश्वविद्यालयमा नेपाली कला र संस्कृतिलाई देखाउन/ बाॅड्न पाउनु झन ठूलो कुरा हो’-साॅस्कृकि कार्यक्रममा उपबिजेता भएको खुसी व्यक्त गरिरहेका नेपाली विद्यार्थीहरुलाई प्रष्टै सुनिन्थ्यो। 
 
नेपाली विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम संगै पृष्ठभूमीमा नेपालका दर्शनीय स्थलहरुको तस्बिर देखाएर भिजिट नेपाल-२०२० को प्रवर्द्धन समेत गरेका थिए। 
 
सास्कृतिक कार्यक्रममा यूएचमा अध्ययनरत विद्यार्थीहरु अन्जिता दवाडी, गरिमा श्रेष्ठ, शुभ गौतम, सुम्निमा सिंह, सृष्टी श्रेष्ठ, सुमित खड्का, विकास पन्थी, दिपेन्द्र बस्नेत, शिखर गिरी, निसिज महर्जन, सुचन निरौला, रविन भट्टराई र प्रशान्त केसीको समूहले निकै कलात्मक नृत्य प्रस्तुत गरेका थिए। 
 
साॅस्कृतिक धमाकामा फिलिपिन्सको विद्यार्थीहरुको प्रस्तुति उत्कृष्ट ठहरिएको थियो भने ‘उस्सु कम्फू क्लब’ तृतीय भएको थियो। राइजिंग स्टार भोटिंगको बिजेता भने ‘गुड न्यूज गोस्पेल क्वाएर’ले हात पारेको थियो। कुल १२ समूहको प्रस्तुति रहेको ‘कल्चरल एक्सप्लोजन’मा भारतीय विद्यार्थीहरुको दुई समूह ह्युस्टन जन्नत र रोरिन रस सहित पाकिस्तान, नाइजेरिया, फिलिपिन्स र भियतनामका स्टुडेन्ट एसोसिएशनहरु, एस्ट्रो म्यूजिक फाउण्डेसन लगाएतको प्रस्तुति रहेको थियो।
 
तस्बिर: सुजन पण्डित, हिमालय खबर
 

शेयर गर्नुहोस:

486
Shares