मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा गत बर्ष आउने नेपाली विद्यार्थीको सख्या १३२२९

अमेरिकामा गत बर्ष आउने नेपाली विद्यार्थीको सख्या १३२२९


अमेरिका- अमेरिकाको गत आर्थिक बर्ष २०१८, २०१९ मा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अमेरिकाका शैक्षिक संस्थामा भर्ना भएका छन् । काठमाडौ स्थित अमेरिकी राजदुत र्याण्डी बेरीले नेपालको जनसंख्या तुलनात्मक रुपमा सानो भएपनि अमेरिकी शैक्षिक संस्थामा नेपाली विद्यार्थीको भर्ना संख्या उच्च रहेको वताएका छन् ।
 
नेपाल अमेरिकामा विद्यार्थी पठाउने सुचीमा १२ औं स्थानमा परेको छ ।
 
 
उक्त बर्ष करिव १० लाख विद्यार्थीले अमेरिकाका शैक्षिक संस्थामा भर्ना भएका थिए । अमेरिकामा पढ्न भर्ना हुने विद्यार्थी संख्या पहिले भन्दा घटेकाले यसका शैक्षिक संस्था र अर्थतन्त्रले धक्का ब्यहार्नु परेको सीएनएनले जनाएको छ । सन् २०१६ यता अमेरिकामा पढ्न आउने विद्यार्थीको संख्या घटेको छ ।
 
 
गत आर्थिक बर्षमा पनि अमेरिका पढ्न आउने विद्यार्थीको संख्यामा शुन्य दशमलव ९ प्रतिशतले कम आएको सीएनएनले जनाएको छ । भिसा प्रकृयामा कडाई, ह्वाइट हाउसको अप्रवासी प्रति अनुदार नीतिलगायतका कारणले विद्यार्थीको संख्यामा कमी आएको वताईएको छ ।
 
 
 
सीएनएनका अनुसार विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा गत बर्ष ४१ अर्ब अमेरिकी डलर बरावरको योगदान गरेका छन् । यसवाट ४ लाख ५८ हजार २९० रोजगारीका अवसर सृजना भएको छ । अमेरिकामा स्थानिय विद्यार्थीका तुलनामा विदेशी विद्यार्थीले झण्डै दोब्बर शूल्क तिर्छन । अमेरिकाका कतिपय शैक्षिक संस्थामा विदेशी विद्यँर्थी आम्दानीको मुख्य स्रोतपनि हुन् ।
 
अमेरिका आउने विद्यार्थी मध्ये चीन, भारत लगायतका देश अग्रस्थानमा छन् । तस्बिर : सामाजिक संजाल

शेयर गर्नुहोस:

0
Shares