मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा गाँजा माथिको संघीय प्रतिबन्ध फुकुवा हुने संभावना

अमेरिकामा गाँजा माथिको संघीय प्रतिबन्ध फुकुवा हुने संभावना


अमेरिका- अमेरिकामा गाॅजा सेवन अब निकट भविष्य मै कानूनी हुने संभावना बढेको छ। आज अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ अन्तरगतको न्यायिक समितिले २४-१० मतले गाँजा माथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्तावित विधेयकलाई स्विकृत गरेको  छ। 
 
न्यूयोर्कका डेमोक्रेट कंग्रेसम्यान जेरल्ड न्याड्लरको नेतृत्वमा रहेको न्यायिक समितिबाट पास भएको यो विधेयक हाउस र सिनेटबाट आगामी दिनमा हुने मतदानबाट अनुमोदन भएमा राष्ट्रपतिकोमा स्विकृतिको लागि जानेछ। 
 
राष्ट्रपतिबाट स्विकृत भएको अवस्थामा आज हाउसले पास गरेको गाॅजा माथिको प्रतिबन्ध हटाउन बनेको विधेयक कानून बन्ने संभावना बढेको छ। यस्तो प्रावधान सहितको कानून बनेमा निकट भविष्यमा नै अमेरिकामा गाॅजाको सेवन र कारोबार माथिको संघीय प्रतिबन्ध फुकुवा हुने छ।

शेयर गर्नुहोस:

0
Shares