मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु


बाँके । बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो । 
 
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो । 
 
दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटे बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताए । 
 
पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटे बाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघ यता पाटे बाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ । 
 
बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । 
 
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ । निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयवासी शाहीले बताए ।