मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रुपज्योतिलाई पाँच दिन हिरासतमा राख्न अनुमति

रुपज्योतिलाई पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ । 
 
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आज सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आज दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो । 
 
महानगरीय प्रहरी परिसरको टोलीले व्यवसायी श्रेष्ठको बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 
 
व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares