मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतले हडपेको जमिन फिर्ता गर्न विरोध प्रदर्शन

भारतले हडपेको जमिन फिर्ता गर्न विरोध प्रदर्शन


काठमाडौँ । भारतले हडपेको जमिन फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । 
 
राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताए । “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उनले भने, “जबसम्म भारतले हाम्रो कुरा सुन्दैन, हामी हाम्रो आन्दोलन कायम राख्छौँ ।”
 
सुघौली सन्धिपछि भएको अतिक्रमणको जवाफ भारत सरकारले दिनैपर्ने र समयमै नेपालको भू–भाग फिर्ता गर्नुपर्ने उनले बताए । 
 
भारतको नयाँ नक्सामा नेपालको सीमालाई समेत आफ्नै भनेर राख्नु आफैँमा लाजमर्दाे रहेको भन्दै अभियानका सुशीला लामिछानेले सरकार यतिबेला मौन भएर बस्न नहुने बताए । 
 
उनले भने, “जनकपुरमा भारतले आफ्नै सेना खटाउनु र नेपाली चेलीलाई समेत बलात्कार गर्नु निन्दनीय छ ।”
 
समाजसेवी, विद्यार्थी, सर्वसाधारणलगायतले समेत आन्दोलनमा सहभागिता जनाएका छन् । ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’ भन्ने उनीहरुको माग छ ।