मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओली अमेरिकाका राजदूत र अर्थमन्त्रीसँग पनि असन्तुष्ट

प्रधानमन्त्री ओली अमेरिकाका राजदूत र अर्थमन्त्रीसँग पनि असन्तुष्ट


हिमालयखबर संवाददाता-
काठमाडौँ । प्रधानमन्त्री केपी ओली आफूले पत्याएर विभिन्न स्थानमा जिम्मेवारी दिएका व्यक्तिको कार्यसम्पादनबाटै असन्तुष्ट बनेका छन् । केही दिनअघि उनले आफ्नो सचिवालयका कर्मचारीसँग एकाएक राजीनामा मागेका थिए । यो श्रृंखला यतिमा मात्रै सीमित नभएको प्रधानमन्त्री निकट स्रोतले हिमालयखबरलाई बताएको छ ।
 
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, अर्थमन्त्री डा युवराज खतिवडासँगसमेत प्रधानमन्त्री असन्तुष्ट रहेको प्रधानमन्त्री ओली निकट स्रोतले बतायो । अमेरिकाका राजदूत डा कार्की ओली निकट मानिन्थे । उनको तोकिएको पदावधि सकिए पनि अर्को व्यवस्था नभएरसम्म उनलाई वासिंटनमा काम गर्न भनिएको छ । तर, उनको कामबाट प्रधानमन्त्री सन्तुष्ट नरहेको स्रोतले भन्यो ।
 
किन उनको सट्टामा अर्को व्यक्तिलाई राजदूत बनाइएन ? स्रोत भन्छ, ‘अमेरिकी राजदूतका लागि प्रधानमन्त्रीले उपयुक्त व्यक्ति खोजेका छन् तर, भेटिएको छैन ।’ केही समयअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारसहितको अमेरिका व्यक्तिगत भ्रमणका क्रममा भएका गतिविधि आलोचित बनेको थियो । यसमा राजदूत कार्की पनि जोडिएका थिए । 
 
काठमाडौँमा भने अर्थमन्त्री डा खतिवडा अमेरिकामा राजदूत भएर जाने डा कार्की सांसद् हुन फर्किने पनि चर्चा छ । निजी क्षेत्रका उद्यमी व्यवसायीले नरुचाएका डा खतिवडाको सांसद् पद केही सातापछि समाप्त हुँदैछ ।
 
खतिवडालाई पुनः सांसद् बनाएर वा केही थप समय पद थमौती गर्न भने मिल्छ । विश्व बैंकको डुइगं बिजनेस प्रतिवेदनमा नेपालको अवस्था सुधार भएकाले अर्थमन्त्रीलाई केही राहत मिलेको छ ।
 
विश्व बैंकको प्रतिवेदनभन्दा पनि नेपालको निजी क्षेत्रत्र अर्थमन्त्रीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री डा खतिवडाको सट्टामा अर्का अर्थमन्त्री ल्याउन चाहेको स्रोतले बतायो । नयाँ अर्थमन्त्रीमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको चर्चा छ ।