मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमासम्बन्धी विषयमा एनआरएन अमेरिकाज्को ध्यानाकर्षण

सीमासम्बन्धी विषयमा एनआरएन अमेरिकाज्को ध्यानाकर्षण


अमेरिका । भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा  नेपालको महत्वपूर्ण भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको विषयप्रति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। 
 
नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता विषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्वीकार्य छैन। 
 
छिमेकी देशमा देखिने यस्ता सीमासम्बन्धी समस्याको समाधान दुई पक्षका बीच छलफल र सहमतिमा कूटनितिक तवरले वैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडि बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवुत्ति हो । 
 
नेपाल आमाको छातीमा जबरजस्त कुल्चिने चेष्टाका विरुद्ध संसारभर छरिएर बसोबास गरेका नेपालीहरुले एकढिक्का भई लड्नेछन् । 
 
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताजस्तो अति संवेदनशील विषयमा हामी गैरआवासीय नेपालीहरु सधैँ नेपाल र नेपाली जनताको साथमा रहेका छौँ र रहेने छौँ। सँगै २१ औं शताब्दीमा आएर पनि नेपालको अस्मितामाथि भारतबाट गरिएको ठाडो प्रहार र हस्तक्षेपकारी भूमिकाका विरुद्ध अन्तर्राष्ट्रिय जनमत सृजना गर्न हामी तयार छौँ। 
 
अन्तमा, भारत सरकारले आफ्नो त्रुटी र महाभूललाई तत्काल सच्याई दुई देशको छिमेकीबीच सुमधुर सम्बन्ध कायम राख्न तल्काल कदम चाल्न गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आह्वान् गरेका छन् ।