मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालसकी सामाजीक अभियन्ता आचार्य रहनुभएन

ड्यालसकी सामाजीक अभियन्ता आचार्य रहनुभएन


ड्यालस (अमेरिका)– ड्यालसको नेपाली समुदायकी चिर–परिचित सामाजीक अभियन्ता इरा आचार्यको निधन भएको छ ।
 
ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने हर्स्टमा बस्दै अाउनुभएकी आचार्यको विहीबार राति निधन भएको हो । केही महिनायता क्यान्सरको उपचार गराइरहनुभएको आचार्यको अल्पायुमै निधन भएको छ ।
 
उहाँ ड्यालसका बिभिन्न सामाजीक संघसंस्थामा सकृय हुनुहुन्थ्यो । ड्यालस एभरेष्ट लायन्स क्लबकी पूर्व अध्यक्ष समेत रहनुभएकी अाचार्यको निधनप्रति नेपाली समुदाय निकै दुःखीत भएको छ । 
 
उहाँका पति बैकुण्ठराज अाचार्य साहित्य क्षेत्रमा निकै परिचित हुनुहुन्छ । उहाँकी छोरी इशा शर्मा युलेस सिटीको पार्क एण्ड रिक्रियशन बोर्ड सदस्य हुनुहुन्छ । 
 
स्व. अाचार्यका पति, एक छोरा र छोरी अमेरिकामै हुनुहुन्छ । उहाँको अन्तिम संस्कारको स्थान र समयका लागि सल्लाह भैरहेको पारिवारिक मित्र एक सामाजीक अभियन्ता प्रभात दीक्षितले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस:

0
Shares