मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


लहान । सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 
 
घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन् ।
 
बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । 
 
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी कवितालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रनाउ खनालले बताए । 
 
श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares