मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने रेनु दाहालका चालक अविरल पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने रेनु दाहालका चालक अविरल पक्राउ


चितवन । सामाजिक सञ्जालहरुमा लामो टीकाटिप्पणी र विरोध प्रकट भएपछि चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 
 
प्रहरीले चितवनका अविरल पोखरेललाई पक्राउ गरेको हो । पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
 
नेपालका लागि नेपालीको अभियान नामक संस्थामार्फत् भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको तीव्र आलोचना भएको थियो । 
 
स्रोतका अनुसार पक्राउ परेका अविरल भरतपुर महानगरकी मेयर रेनु दाहालकी सवारी चालक हुन् । उनले महानगरबाट तीन महिनाको तलबसमेत थापिसकेका छन् ।
 
मेयरको चालक हुने गरी भर्ना भएका पूर्वमाओवादी कार्यकर्ता पोखरेललाई पक्राउ गर्ने विषयमा तीव्र दबाब आएपछि महानगरको कर्मचारी उल्लेख नगर्ने शर्तमा पक्राउ गर्न मेयरले लगाएको स्रोतको भनाइ छ । 
 
गत असोज ११ गते भरतपुरस्थित चौबीसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि नियोजित रुपमा नेकपाका अविरलसहितको कार्यकर्ताहरुको समूहले आक्रमण गरेको थियो ।
 
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रमस्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीका अनुसार घटनामा संलग्न अन्य केही फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।