मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नोभेम्बर १६ मा ड्यालसमा ‘वाक फर नेपाल’ हुँदै

नोभेम्बर १६ मा ड्यालसमा ‘वाक फर नेपाल’ हुँदै


 
ड्यालस (टेक्सस) – मातृभूमिका लागि पवित्र योजना बनाएर अमेरिकामा हरेक वर्ष कार्यक्रम गर्दै आएको ‘वाक फर नेपाल’ ले यसवर्ष पनि कार्यक्रम गर्ने भएको छ ।
 
दुई सातापछि आउँदो नोभेम्बर १६ तारिक शनिबार ‘वाक फर नेपाल’ ले ड्यालसको बेचमान लेकमा कार्यक्रम गर्ने भएको छ । सन् २०१२ मा अभियानका रुपमा रहेको वाक फर नेपाल अहिले संस्थागत रुपमा चिनिएको छ । 
 
हरेक वर्ष मातृभूमि नेपालको सामाजीक, स्वास्थ, शिक्षाका लागि अमेरिकामा वाक गरेर सहयोगराशी जुटाउँदै आएको यो संस्थाले नेपालको टेक फर नेपाल र टेक्ससको टेक्सस नेप्लिज मेडिकल एसोसिएसनलाई सहयोग गर्ने भएको छ । बेचम्यान लेकमा दिउँसो १२ बजे सुरु भएर अपरान्ह ६ बजे समापन हुने कार्यक्रममा सहभागिताका लागि आयोजकहरुले अनुरोध गरेका छन् । 
 
आइतबार अर्भिङको नेपाली मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक दीपकराज सिलवाल, सुमन काजी लगायतले कार्यक्रमको तयारी र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । 
 
ड्यालसको लभफिल्ड एअरपोर्ट सँगै रहेको सुन्दर बेचम्यान लेकमा जम्मा भएर मनोरञ्जनका लिनुका साथै सामाजीक कार्यमा सहयोग गर्न आयोजकहरूले अनुरोध गरेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares