मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महराको छुनछेक बहस ‘हेर्दाहेर्दै’ सोमबारलाई तय

महराको छुनछेक बहस ‘हेर्दाहेर्दै’ सोमबारलाई तय


काठमाडौँ । काठमाडौँ  जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ । 
 
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आजदेखि शुरु  भए पनि बहस नसकिएका कारण हेर्दाहेर्र्दैमा सोमबारका लागि तय भएको हो । 
 
काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आज वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरे । सरकारी पक्षबाट चार जनाले बहस गरेका थिए । 
 
निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार र आजका लागि थुनछेक बहस हुने तय भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको हो । 
 
महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      
 
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बहस सकिएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।

शेयर गर्नुहोस:

0
Shares