मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस र समाजवादी पार्टीबीच झडप, नौ जना घाइते

कांग्रेस र समाजवादी पार्टीबीच झडप, नौ जना घाइते


धनुषा । धनुषामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् । 
 
क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार कांग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । 
 
कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ । 
 
कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पु¥याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन् । 
 
झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन् । इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहालले कुनै पक्षका अहिलेसम्म उजुरी नपरेको बताए ।