मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘छ माया छपक्कै’ले अहिले सम्म कस्तो ब्यवसाय गर्दै ?

‘छ माया छपक्कै’ले अहिले सम्म कस्तो ब्यवसाय गर्दै ?


काठमाडौं – प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरेका छन् I
 
दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ ।
 
फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ । 
 
‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन् ।’ दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारीले बताए । 
 
राजनैतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका छन् । 
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मूभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।