मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या


प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।
 
बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली त्यहीँ भर्ना भएका हुन् ।
 
स्वास्थ्य परीक्षण पूरा नभएकाले प्रधानमन्त्री ओली बुधबार राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्‍‍टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जनाएका छन् ।
 
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।
 
प्रधानमन्त्रीको सचिवालयले सूचना लुकाउन जोड गरिरहेको छ । प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुँदै गर्दा उनको सचिवालय टीमका सदस्यहरुले नियमित चेकजाँच गरेर अस्पतालबाट प्रधानमन्त्री र्फकन लागेको सञ्चारमाध्यमलाई बताएका थिए ।
 
तर नेकपाको उच्च स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने जानकारी प्राप्त भएको छ ।