चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेँगुका कारण थप एकको मृत्यु भएको जनाएको छ । 
	कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । 
	कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । 
	यसअघि एक जनाको डेँगु र एक जनाको डेँगु र स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ ।
	भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेँगु क्रमशः घट्दै गएको छ । 

 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया