मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध, दुर्गेशले मागे माफी

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध, दुर्गेशले मागे माफी


काठमाडौँ । हामी पनि नाच्नुपर्छ बीचबीचमा बोलको तीज गीतमार्फत् लोकप्रियताको उचाइमा पुगेका दुर्गेश थापाको  ‘ह्याप्पी तिहार’ बोलको तिहारको गीतमाथि प्रतिबन्ध लगाइएको छ ।   
 
सरकारले थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
 
उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी संगीत भरेर दृश्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाइएको हो ।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
 
यसैबीच, दुर्गेशले आफ्नो गीतको कारण प्रतिबन्धित गाँजा र मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सदभाव र सांस्कृतिक विचलन आएको प्रति माफी मागेका छन् ।
 
उनले प्रहरीको आग्रहपछि आफूले युट्युबबाट सो गीत हटाएको जानकारी गराउँदै आगामी दिनमा सामाजिक खलल पुग्ने किसिमका गीत, म्युजिक भिडियो प्रशारण नगर्ने प्रतिबद्धता जनाएका छन् । साथै, कसैले कपी गरेर सो गीत सार्वजनिक नगरिदिनसमेत आहवान् गरेका छन् ।  

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares